५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ…

मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ…
अ+ अ-

काठमाडौं । “मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ?” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन ।

स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित सम्बोधन पनि गर्दै आएका छन् । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा हेरफेर नहुने भएकाले आयोगले त्यस्ता जिज्ञासाहरुमाथि सोही प्रकारको जवाफ दिने गरेको छ । गत माघ २४ गते सरकारले आयोगको परामर्शमा यही वैशाख ३० गतेका लागि ७५३ स्थानीय तहमा निर्वाचन हुने घोषणा गरेको थियो । माघ २५ गते नै आयोगले सूचना जारी गरी मतदाता नामावालीमा हेरफेर नहुने स्पष्ट गरेको थियो ।

कल सेन्टरमा मतदाता परिचयपत्र हराएकाहरुले प्रतिलिपि प्राप्त हुने कि नहुने, मतदाता परिचयपत्रबाहेक परिचय खुल्ने अन्य परिचयपत्रबाट मतदात गर्न मिल्ने कि नमिल्ने, वैदेशिक रोजगारबाट हालसालै स्वदेश फर्किएका व्यक्तिहरुको मतदाता नामावलीमा नाम समावेश हुने कि नहुने रु लगायतका जिज्ञासा पनि आउने गरेका छन् । आयोगका उपसचिव ऋषिराम भुसालले वैदेशिक रोजगारीबाट फर्केकाको नाम अहिले थप्न नमिल्ने जनाउनुभयो भने मतदाता परिचयपत्र हराएकामा हकमा परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने गरी मतदान गर्न दिने गरी आयोगले पछि निर्णय गर्न सक्ने बताउनुभयो ।

आयोगको कल सेन्टरमा एक महिनाको अवधिमा पाँच हजार २५१ जिज्ञासा आएकामा अधिकांशको सम्बोधन गरिएको छ । कूल जिज्ञासाको चार हजार ५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।
कल सेन्टरका सुपरभाइजर मधुसुदन पुडासैनीका अनुसार गत चैत १५ गतेदेखि कल सेन्टर सञ्चालनमा आएको हो । कल सेन्टरमा दैनिक करिब ३०० जिज्ञासा आउने गरेका छन् । सोमध्ये अधिकांश जिज्ञासाको तत्काल सम्बोधन र केही जिज्ञासाको सम्बन्धित शाखा, महाशाखासँगको समन्वयमा सम्बोधन गर्ने गरिएको छ ।

कल सेन्टरमा एक जना सुपरभाइजर, एक जना नेपाल टेलिकमको सिनियर इञ्जिनीयर तथा पाँच कल एजेण्टहरु गरी सात जना जनशक्ति खटिएका छन् । नविनतम प्रविधियुक्त कल सेन्टरमा आउने जिज्ञासाको सम्बोधनका लागि आयोगका उच्च पदाधिकारी तथा कर्मचारीको सक्रियता रहेको पुडासैनीले बताउनुभयो । कल सेन्टरमा प्रायः युवाहरुको जिज्ञासा बढी आउने गरेको पुडासैनीले बताउनुभयो । प्राप्त अन्य जिज्ञासामा निर्वाचन ऐन, नियमका प्रावधान, स्थानीय तह निर्वाचनका निर्देशिकामा भएको व्यवस्था, शिक्षक, पत्रकार, सङ्घ संस्थाका कर्मचारी, सरकारी कर्मचारीले दलको झण्डा बोकेर चुनावी प्रचारप्रसारमा हिँड्न पाइन्छ कि पाइदैन रु उम्मेदवारहरुको योग्यता तोकिदा शैक्षिक योग्यता निर्धारण किन नगरिएको होला ? आदि जिज्ञासा बढी आउने गरेका छन् ।

“कल सेन्टरमा जिज्ञासासहितको कल प्राप्त हुनासाथ कल सेन्टरले सम्बन्धित शाखा, महाशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरी जिज्ञासा तथा गुनासाहरु सम्बोधन गर्ने गरिएको छ, केही जिज्ञासा उच्च तहमा सम्बोधनका लागि पठाइने गरिएको छ”, सुपरभाइजर पुडासैनीले भन्नुभयो, “कल सेन्टरमा प्राप्त जिज्ञासाको तत्काल सम्बोधनका लागि स्वचालित आन्तरिक प्रणालीको व्यवस्थापन गरिएको छ ।”

हाल सञ्चालनमा रहेको कल सेन्टर नेपालमै सञ्चार प्रविधिको एक नवीनतम प्रविधि एसआइपी पीबीएक्समा आधारित रहेको पुडासैनीले बताउनुभयो । यो प्रविधिबाट एक पटकमा एकैचोटी १५ जनासम्मले कल गर्न पाउने सुविधा रहेको छ । हाल कल सेन्टरमा साँझ ७ बजेदेखि विहान ९ बजेसम्म श्रव्य सन्देशको रुपमा समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

४३ जिल्लामा मतपत्र ढुवानी
निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालले जानकारी दिनुभयो ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।