३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा ब्याक भएनन् जगन्नाथ, पार्टीबाट निष्कासित !



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज ५ बजेसम्म .समय निर्धारण गरेको थियो । निर्धारित समयसम्म पनि राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका पौडेलले उम्मेदवारी फिर्ता लिएनन् ।

कांग्रेसको निर्णय अनुसार नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा सघाउने निर्णयको विरुद्धमा पौडेलले ‘बागी’ उम्मेदवारी दिएका थिए ।

कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक पार्टीबाट स्वतः निष्कासित भएका छन् ।

कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।