५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

नेपाल–अमेरिका सम्बन्ध सदैव मित्रवत्

नेपाल–अमेरिका सम्बन्ध सदैव मित्रवत्
अ+ अ-

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ । उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो ।

विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ, “हामीहरु आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ ।

नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस बखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो ।

गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ ।

नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीले अमेरिका र नेपालबीच पारस्परिक सम्मान र स्थिर कूटनीतिमा विगतका वर्ष व्यतित भएको टिप्पणी गर्नुहुन्छ । दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेका अवसरमा रासससँग कुरा गर्दै राजदूत डेलेसीले भन्नुभयो, “दुई देशबीच पारस्परिक सम्मानका साथ विभिन्न विषयमा सहकार्य हँुदै आएको छ ।”

विगत ७५ वर्षमा अरु देशसँग अमेरिकाको सम्बन्ध उतारचढावपूर्ण रहे पनि नेपालसँगको सम्बन्ध भने पारस्परिक सम्मान र विश्वासमा अडेको उहाँको टिप्पणी छ । डेलेसी अगाडि थप्नुहुन्छ, “अमेरिकाले सदैव नेपाललाई एक समृद्ध, प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त र नागरिकको आवाज सुनिने देशका रुपमा देख्न चाहेको छ ।”

राजदूतबाट अवकाश पाइसकेपछि नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासमा मुनाफारहित संस्थामार्फत् काम गर्दै आउनुभएका पूर्वराजदूत डेलेसीले नेपाल भूगोलमा सानो भए तापनि अमेरिकाको जस्तै विविध भाषा र संस्कृतिको धरोहर रहेको बताउनुहुन्छ ।

अमेरिकी निकायले नेपाललाई हेर्ने दृष्टिकोणमा कसैको कोण या मान्यताबाट नभई दुई देशको पारस्परिक हितबाट संवाद गर्ने अभ्यास रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ । उहाँले भन्नुभयो, “थुप्रै मानिसले यस विषयमा जिज्ञासा राखेका थिए, यसमा मेरो भनाइ यति छ, नेपाललाई अमेरिकाले कसैको आँखाबाट हेर्दैन ।” नेपाल र अमेरिकाको सम्बन्ध विगतमा मलेरिया उन्मूलनदेखि सुरु भएर अहिले विकास निर्माणमा नेतृत्वदायी भूमिकाका साथ विकास केन्द्रित अवधारणामा अगाडि बढेको छ । अमेरिकी कूटनीतिको लक्ष्य सुरक्षा, समृद्धि, प्रजातन्त्र र विकासमा केन्द्रित रहेकामा नेपालमा प्रजातान्त्रिक अभ्यासमार्फत् विकासका माध्यमबाट नागरिकको जीवनस्तर माथि उकास्न केन्द्रित रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ ।

अमेरिकाले पछिल्ला वर्षमा खासगरी भूकम्पका बेलामा र कोरोना महामारीका रुपमा भएका अकल्पनीय क्षतिको न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । भूकम्पपश्चात् नेपाललाई १३ करोड डलर दिने घोषणा गरेको अमेरिकाले पछि १९ करोड डलर सहयोग गरेको थियो, भूकम्पपश्चात्को पुनःनिर्माणमा ३६ वटा स्कुल पुनःनिर्माणमा अमेरिकाको सहयोग रहेको थियो ।

कोरोनाविरुद्धको खोप दिनेमा पनि अमेरिका अग्रपङ्क्तिमा नै रह्यो । कोरोना भाइरस विरुद्धको कूल ३७ लाख ९८ हजार ८०० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत ५० करोड डलर अनुदानको सम्झौता भएर काम अगाडि बढेको छ । नेपालको वैदेशिक सहायताको इतिहासमा अनुदानका रुपमा एकैपटक प्राप्त भएको यो रकम सबैभन्दा धेरै हो ।

नेपाल र अमेरिकाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा सहकार्य समेत गर्दै आएका छन् । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको छ । सन् २०१६ मा अमेरिकाले नेपालको निर्यातलाई प्रोत्साहन गर्न व्यापार सहुलियत कार्यक्रमसमेत उपलब्ध गराएको छ ।

नेपाल र अमेरिकाबीच उच्चस्तरको भ्रमण आदानप्रदानले पनि निरन्तरता पाएको छ । केही वर्ष अगाडि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । हालसालै मात्र अमेरिकी सांसदहरुको टोलीले नेपाल भ्रमण गरी द्विपक्षीयहितका विषयमा छलफल गरेको छ ।

नेपालबाट बर्सेनि अध्ययनका लागि अमेरिका आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । सन् २०२०–२०२१ मा नेपालबाट ११ हजार १७२ जना विद्यार्थी अध्ययनका लागि अमेरिका आएका थिए ।

अमेरिकामा नेपाली समुदायको उपस्थित बढ्दै गएको छ । यसबाट पनि दुई देशबीच नागरिक तहमा पनि सम्बन्ध विस्तार भई थप सौहार्द बन्दै गएको भन्न सकिन्छ । पिस कप्र्समार्फत अमेरिकाबाट स्वयंसेवक गई नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा सहयोग गर्ने गरेका छन् ।

उहाँहरु नेपालीको इमान्दारिता र आतिथ्य प्रदान गर्ने कुरालाई मुख्यरुपमा सम्झना गर्न चाहनुहुन्छ । आजभन्दा झण्डै ६० वर्ष अगाडि नै नेपालको ग्रामीण परिवेशमा पुगेर उनीहरुसँग भिजेर शिक्षा स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वयंसेवकले अमेरिकी सीप र प्रविधि रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थी हुन् या अमेरिकामा नै बसेर आफ्नो योग्यता क्षमताले काम गरिरहेका हुन् उनीहरुले मातृभूमिको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । कोरोना महामारीका बेलामा पनि उनीहरुले आर्थिक तथा प्राविधिकरुपमा मातृभूमिका लागि सघाएका थिए । भूकम्पको बेलासमेत यहाँ रहेका नेपालीले रकम सङ्कलन गरेर राहत वितरण गर्न पहलकदमी लिएका थिए ।

अमेरिकामा जो वाइडेनले राष्ट्रपतिको बागडोर सम्हालेपछि बेलायतमा भएको जलवायु परिवर्तनको विश्व सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएको थियो । यसैगरी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग गत मार्च १ मा टेलिफोन संवादसमेत गर्नुभएको थियो ।

उक्त अवसरमा नेपाल र अमेरिकाबीच कोरोना महामारीपछिको पुनःनिर्माण र जलवायु असरको सङ्कटका बारेमा सामूहिक कार्य गर्ने सहमति भएको बताइएको छ । रासस