५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मतदान स्थलका लागि भौतिक संरचना उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

मतदान स्थलका लागि भौतिक संरचना उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपलब्ध गराउन आग्रह गरेको छ । वैशाख २८ गतेदेखि वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकारमार्फत् सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय गरेको छ ।

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले नियमित पत्रकार भेटघाटमार्फत् सोमबार सो जानकारी गराएको हो । निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव अर्यालद्वारा जारी विज्ञप्तिमा स्थानीय तह निर्वाचनको मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताए ।

एक लाख ५३ हजार १४५ मनोनयन
निर्वाचन आयोगको प्रणालीमा बिहीबार साँझ ७ बजेसम्म प्रविष्ट भएको तथ्याङ्कअनुसार १ लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५१८, अध्यक्षमा ३ हजार ३९२, उपप्रमुखमा २ हजार १७४, उपाध्यक्षमा २ हजार ४०७, वडाअध्यक्ष ३५ हजार ३८०, महिला सदस्य २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।

३३ जिल्लामा मतपत्र ढुवानी
वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउन महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारीचालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको छ ।

सूचनाको प्रबन्ध
आयोगले गत चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको औपचारिक रूपमा शुरू गरेको भाइबर ग्रुपको प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने छ । यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । यस समूहमा सामेल हुन election commission nepal  लिङ्क प्रयोग गर्नु पर्नेछ ।