२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा, नेपालका उपाध्यक्ष पौडेलले छाडे पार्टी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष कमल थापालाई राजीनामा पत्र पठाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछ पार्टी विभाजन भई कमल थापाको अध्यक्षतामा राप्रपा, नेपाल गठन भएको थियो । नयाँ गठित पार्टीमा पौडेल उपाध्यक्ष बनेका थिए ।

राप्रपा, नेपालमा आर्थिक विभाग प्रमुखसमेत रहेका पौडेलले पार्टीको केन्द्रीय उपाध्यक्ष, प्रमुख आर्थिक विभाग, केन्द्रीय सदस्य एवं साधारण सदस्यसमेतको पदबाट हिजो बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएका छन् ।

स्थानीय निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने पार्टी अध्यक्ष थापाको सहमतिप्रति उनको विमति रहेको बताइएको छ । साथै राप्रपा, नेपालले राजतन्त्र पुनस्र्थापनाको एजेन्डा छोडेपछि पनि उनी असन्तुष्ट रहेको बताइएको छ ।