२ पुष २०८२, बुधबार
,
Latest
नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध स्याउला काट्न गएकी वृद्धाको भिरबाट लडेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारका निर्णयक यी १० कम्पनी



अ+ अ-

काठमाडौं । स्टक एक्सचेन्जमा सूचीकृत १६५ कम्पनीहरूमध्ये प्रमुख १० कम्पनीहरूको मूल्य सूचकांकले बजरमा निर्णायक भूमिका खेल्ने गरेको छ । तिनै १० कम्पनीहरूका कारोबार मूल्यले नेप्से परिसूचक करिब ८० प्रतिशतसम्म प्रभावित हने गरेको छ ।

अन्य कम्पनीहरूको सेयर मूल्यमा कुनै घटबढ हुँदासमेत ती कम्पनीहरूको सेयर मूल्य घट्दा नेप्से स्वात्तै घट्ने गरेको छ र अलिकति मूल्य बढ्दा नेप्से परिसूचक पनि उल्लेख्य वृद्धि हुने गरेको देखिन्छ । यसरी बजारलाई आफ्नो वशमा राख्ने कम्पनीहरूमा नेपाल टेलिकम
अग्रस्थानमा छ ।

त्यसबाहेक अन्य सबै क वर्गका वाणिज्य बैंकहरू रहेका छन् जसमा स्टान्डर्ड चार्टर्ड, नबिल बैंक, अफ काठमाण्डू, एभरेस्ट, हिमालयन, इन्भेस्टमेन्ट, लक्ष्मी एसबीआई र एनआइसी रहेका छन् ।

गत बिहीवारको मूल्यअनुसार स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण रू। ३ खर्ब ४३ अर्ब छ जसमा नेपाल टेलिकम एक्लैको हिस्सा करिब रू. ६० अर्ब अर्थात् करिब १४.२ प्रतिशत छ । १५ करोड कित्ता सेयर सूचीकृत रहेको टेलिकमको सेयर मूल्यमा रू. १० ले घट्दा समग्र नेप्से परिसूचक १ अंकले तल झर्छ ।

करिब डेढ वर्ष अगाडि १४८१ रुपैयाँसम्म पुगेको नेपाल टेलिकमको सेयर मूल्य अहिले घटेर ४ सय ६ रुपैयाँ छ । अर्थात् करिब डेढ वर्षको बीचमा १०७५ रुपैयाँले टेलिकमको सेयर मूल्य घटेको छ । बजार पूजी करणमा उसले ओगटेको हिस्साको आधारमा त्यसले नेप्से परिसूचक करिब १०७ अंकले घटाएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।