१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता



अ+ अ-

 काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बीच टेलिफोन वार्ता भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको दुई दिन पछि उहाँहरू बीच कुराकानी भएको हो ।

मंगलबार राति टेलिफोन कुराकानी अमेरिकी विदेशमन्त्री ब्लिन्केनले  ट्विटमार्फत जानकारी गराउनु भएको छ । बिदेशमन्त्री ब्लिन्केनले टुईटरमा उल्लेख गर्नुभए अनुसार ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं।’

यसै गरी उहाँहरु बीच  युक्रेनको अखण्डता र सार्वभौमिकताका लागि नेपालको समर्थनवारे कुराकानी भयो भएको उल्लेख गरिएको छ ।  रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको पनि जनाईएको छ ।