१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजीलाई प्रचण्ड ठेल्दै , बिप्लव तान्दै



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा पार्टीले लिएको निर्णय प्रति असन्तुष्टि जनाउदै आउनु भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपा महासचिव नेत्र बिक्रम चन्द 'विप्लव'ले सहकार्य गर्न आग्रह गर्नुभएको छ । श्रेष्ठको निबास हात्तिवनमा पुगेर विप्लवले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने अबस्था उत्पन्न भएको भन्दै सहकार्य गर्न आग्रह गर्नुभएको हो ।

एमसीसीका बारेमा श्रेष्ठ सहित गिरिराजमणी पोखरेल , कृष्णबहादुर महरा , अञ्जना विशंखे  लगायतका नेताहरुले फरक मत राख्नु भएको थियो । उहाँहरुले पार्टी नेतृत्वले देशप्रति घात गरेको आरोप लगाउनु भएका थियो ।

सोमबार एमसीसीका बारेमा संञ्चारकर्मीहरु संग कुरा गर्दे अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टहरु पार्टी छाडेर गए हुने भन्दै श्रेष्ठलाई कटाक्ष गर्नुभएको थियो । दाहालको यो अभिव्यक्ति पछि अब कसरी अघि बढ्ने भन्ने दोधारमा रहनु भएका श्रेष्ठसंग भेटेर बिप्लवले सहकार्यको प्रस्ताव गर्नुभएको हो ।

श्रेष्ठ दाहालको अभिव्यक्ति बाट बिच्किएपछि मंगलबार उहाँलाई फकाउन दाहाल हात्तिबन पुग्नु भएको थियो । उहाँले एमसीसीमा फरक दृष्टिकोण राख्दै अन्य बिषयमा सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । तर श्रेष्ठले पार्टी छाडेर जाने सक्ने भनेकाले आफुले सोच्नु पर्ने जबाफ दिनुभएको थियो । विप्लवसँगको भेटमा श्रेष्ठले माओवादीमा बस्न गाह्रो हुने सुनाउनु भएको थियो ।

उहाँले विप्लवसँगको भेटमा भन्नुभयो "एमसीसीमा नेतृत्वले धोका दियो  एकीकृत समाजवादीको नेतृत्वले पनि धोका दियो । असहमतिबीच माओवादीमा बस्न गाह्रो छ ।"