६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजीलाई प्रचण्ड ठेल्दै , बिप्लव तान्दै



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा पार्टीले लिएको निर्णय प्रति असन्तुष्टि जनाउदै आउनु भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपा महासचिव नेत्र बिक्रम चन्द 'विप्लव'ले सहकार्य गर्न आग्रह गर्नुभएको छ । श्रेष्ठको निबास हात्तिवनमा पुगेर विप्लवले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने अबस्था उत्पन्न भएको भन्दै सहकार्य गर्न आग्रह गर्नुभएको हो ।

एमसीसीका बारेमा श्रेष्ठ सहित गिरिराजमणी पोखरेल , कृष्णबहादुर महरा , अञ्जना विशंखे  लगायतका नेताहरुले फरक मत राख्नु भएको थियो । उहाँहरुले पार्टी नेतृत्वले देशप्रति घात गरेको आरोप लगाउनु भएका थियो ।

सोमबार एमसीसीका बारेमा संञ्चारकर्मीहरु संग कुरा गर्दे अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टहरु पार्टी छाडेर गए हुने भन्दै श्रेष्ठलाई कटाक्ष गर्नुभएको थियो । दाहालको यो अभिव्यक्ति पछि अब कसरी अघि बढ्ने भन्ने दोधारमा रहनु भएका श्रेष्ठसंग भेटेर बिप्लवले सहकार्यको प्रस्ताव गर्नुभएको हो ।

श्रेष्ठ दाहालको अभिव्यक्ति बाट बिच्किएपछि मंगलबार उहाँलाई फकाउन दाहाल हात्तिबन पुग्नु भएको थियो । उहाँले एमसीसीमा फरक दृष्टिकोण राख्दै अन्य बिषयमा सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । तर श्रेष्ठले पार्टी छाडेर जाने सक्ने भनेकाले आफुले सोच्नु पर्ने जबाफ दिनुभएको थियो । विप्लवसँगको भेटमा श्रेष्ठले माओवादीमा बस्न गाह्रो हुने सुनाउनु भएको थियो ।

उहाँले विप्लवसँगको भेटमा भन्नुभयो "एमसीसीमा नेतृत्वले धोका दियो  एकीकृत समाजवादीको नेतृत्वले पनि धोका दियो । असहमतिबीच माओवादीमा बस्न गाह्रो छ ।"