१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर श्रफको जन्मदिनमा दीशा पटानीको यस्तो शुभकामना



अ+ अ-

एजेन्सी । टाइगर श्राफ र दीशा पटानी अहिले आफ्नो सम्बन्धका कारण चर्चामा छन् । 

यद्यपी उनीहरुले आफ्नो सम्बन्धको आधिकारिक घोषणा भने गरेका छैनन् । यसैबीच, दीशा पटानीले एउटा क्यूट भिडियो शेयर गर्दै टाइगर श्राफलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

टाइगरले आज आफ्नो ३१औं जन्मदिन मनाइरहेका छन् । अभिनेत्रीको यो पोस्टमा फ्यानहरुले निकै रमाइलो प्रतिक्रिया दिइरहेका छन् । वास्तवमा दीशाले टाइगरलाई बर्थडेको शुभकामना दिँदै बेस्ट फ्रेन्ड लेखेकी छिन् र फ्यानहरूले यो कुराको मजाक लिइरहेका छन् ।

दीशा पटानीले आफ्नो इन्स्टाग्रामबाट एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा टाइगर श्राफ मुस्कुराउँदै गरेको देखिन्छ । यो पोस्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘ह्याप्पी बर्थडे मेरो सबैभन्दा मिल्ने साथी। तपाईंको कडा परिश्रम र प्यारो आत्मा मार्फत हामी जस्ता करोडौंलाई प्रेरणा दिनु भएकोमा धन्यवाद। तिमी धेरै प्यारो छौ।'

उनको यो पोस्टमा फ्यानहरुले एकपछि अर्को रमाइलो प्रतिक्रिया दिइरहेका छन् र कमेन्ट सेक्सनमा कमेन्टको बाढी आएको छ ।