१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर श्रफको जन्मदिनमा दीशा पटानीको यस्तो शुभकामना



अ+ अ-

एजेन्सी । टाइगर श्राफ र दीशा पटानी अहिले आफ्नो सम्बन्धका कारण चर्चामा छन् । 

यद्यपी उनीहरुले आफ्नो सम्बन्धको आधिकारिक घोषणा भने गरेका छैनन् । यसैबीच, दीशा पटानीले एउटा क्यूट भिडियो शेयर गर्दै टाइगर श्राफलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

टाइगरले आज आफ्नो ३१औं जन्मदिन मनाइरहेका छन् । अभिनेत्रीको यो पोस्टमा फ्यानहरुले निकै रमाइलो प्रतिक्रिया दिइरहेका छन् । वास्तवमा दीशाले टाइगरलाई बर्थडेको शुभकामना दिँदै बेस्ट फ्रेन्ड लेखेकी छिन् र फ्यानहरूले यो कुराको मजाक लिइरहेका छन् ।

दीशा पटानीले आफ्नो इन्स्टाग्रामबाट एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा टाइगर श्राफ मुस्कुराउँदै गरेको देखिन्छ । यो पोस्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘ह्याप्पी बर्थडे मेरो सबैभन्दा मिल्ने साथी। तपाईंको कडा परिश्रम र प्यारो आत्मा मार्फत हामी जस्ता करोडौंलाई प्रेरणा दिनु भएकोमा धन्यवाद। तिमी धेरै प्यारो छौ।'

उनको यो पोस्टमा फ्यानहरुले एकपछि अर्को रमाइलो प्रतिक्रिया दिइरहेका छन् र कमेन्ट सेक्सनमा कमेन्टको बाढी आएको छ ।
 




भर्खरै