८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाञ्चल विश्वविद्यालयमा कम प्राप्त अंक ल्याउनेलाई गोल्डमेडल प्रदान



अ+ अ-

काठममाडौं । पूर्वाञ्चल विश्वविद्यालयको दशौं दिक्षान्त समारोह विवादका विचमा २०७९ बैशाख ४ गते सम्पन्न भएको छ । हुनत यस्तो विवाद पहिलो पटक भने पक्कै होइन यस्ता विवाद प्रत्येक दिक्षान्त समारोहमा भइरहेको छ विशेष गरी कानून संकायको एल एल एम दुइ वर्षे कार्यक्रममा यस्तो विगत पाँचौ छैठौ दिक्षान्त समारोह देखी भइहेको पाइन्छ ।

सक्षम विद्यार्थी जहिले पनि अदालत धाउनु पर्ने र असक्षम र पैसा र पावर भएको विद्यार्थी भने खुल्लम खुल्ला पैसा र शक्तिको आडमा स्वर्ण पदक धारी भएर हिडिरहेको पाइन्छ । यस पालिको दशौ दिक्षान्त समारोह हुदै गर्दा उता ७६.२५ प्रतिशत ल्याउने योग बहादुर पाल भन्ने प्रहरीका एस एस पी दर्जा भएको ब्यक्तिले एउटै कक्षामा अध्ययन गर्ने साथी मनिता गुरुङ्गको ८३.१२ प्रतिसत ल्याउने लाई गिज्याउदै समारोहमा नक्कली, डरको हाँसो लिएर पदक थाप्न सफल भएका छन् ।

प्रहरी जस्तो अनुशासन सिकाउने जनतालाई अनुशासनमा राख्ने संस्थामा काम गर्ने ब्यक्तिले यसो गरीरहदा के प्रहरी संस्थाको इज्जत रहला त ?

पूर्वान्चल विश्व विद्यालयको दशौ दिक्षान्त समारोहमा कानून संकाय तर्फ एल.एल.एम. २०१८–२०२० ब्याचमा सर्वोकृष्ट अङ्क ल्याउने मनिता गुरुङको एग्रिगेट नम्बर ८३.१२ प्रतिशत ल्याइ प्रथम श्रेणीमा प्रथम हुन सफल भएको छ । तर पनि यस विश्वविद्यालयले योगबहादुर पालको लबधाङ्कपत्रमा निजको एग्रिगेट नम्बर ७६.२५ प्रतिशत ल्याएको भन्ने कुरा पूर्वाञ्चल विश्व विद्यालयको वेभसाईट www.puexam.edu.np मा प्रकाशित गरेकोMedal list of exam year 2020 (२०७७) को क्रम संख्या १४ मा योगबहादुर पाललाई स्वर्ण पदकको लागि अन्तिम नामावली २०७९ बैशाख १ गतेका दिन दोस्रो पटक संशोधन गर्दा पनि सोही व्यहोरा राखि योग बहादुर पाललाई विश्व विद्यालयले पदक दिलाउन सफल भएको छ ।

मनिता गुरुङले शैक्षिक वर्ष २०१८–२० को दुईवर्षे एल.एल.एम.(Business and International Trade law) मा चक्रवर्ती हवी इजुकेशन अफ ल विद्यालयमा अध्ययन गरी २०७८ पौष १८ गतेका दिन विश्वविद्यालयले तोकेको समयभित्रै मौखिक परिक्षा (Viva Voce) समयभित्र पूरा गरी एल.एल.एम. कार्यक्रममा एग्रिगेट ८३.१२% ल्याई प्रथम श्रेणीमा प्रथम हुँदा पनि विश्वविद्यालयले लापरवाही गरी विद्यार्थीको भविष्यमा खेलवाड गरी स्वर्ण पदकका लागि सिफारिस अन्यलाई गरेकोमा पटक–पटक अध्ययन गरेको कलेज तथा व्यक्तिगत निवेदन समेत लिई मिति २०७८।१२।२८ को दिन दर्ता नं. ४९ मार्फत दर्ता गराई दावि विरोधको लागि जाँदा सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई मिति २०७८।१२।२२ को स्वर्ण पदकको सिफारिसमा त्रुटी भएको र मैले आफैले पाएको ८३.१२% को प्रमाण समेत देखाउँदा पनि कर्मचारीहरुले समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भनि अव्यवहारिक जवाफ दिएर पठाएको थियो । मनिता गुरुङ्गले ल्याएको एग्रीगेट प्राप्ताङ्कको प्रतिशत यस विश्व विद्यालयमा कानून संकायमा हालसम्म कै उच्च अंक भएको श्रोतले जनाएको छ।

२०७८ साल चैत्र २८ गते सम्म उजुरी सुन्ने समय राखिएकोले सोही दिन सम्म केही सुनुवाई नभएपछि विश्व विद्यालयको काम कारवाही प्रति चित्त नबुझेपछि मनिता गुरुङ्ग अदालतको सरणमा पुगिन् । चैत्र २९ गते रिट दर्ता गरिन् र ३० गते मा. न्या. श्री प्रकाशमान सिं राउतको वेन्चमा परेको हेर्न नमिल्ने भई नयाँ वर्ष विदा भएकोले २ गते सुक्रवारको लागी पेशी राखीयो, त्यसमा पनि मा. न्या श्री प्रकास कुमार ढुंगानाको बेन्चमा परेको थियो त्यस दिन पनि श्रीमानहरु संयुक्त बेन्चमा वस्नु भएकोले एकल इजालसको मुद्दा हेर्न नभ्याएकोले ४ गतेका दिनमा मा न्या श्री बम कुमार श्रेष्ठको एकल इजालसबाट “….तोकिएको दशौ दिक्षान्त समारोहको क्र सं. १४ को कानून स्नातकोत्तरको स्वर्ण पदक निवेदकको हकमा सम्म हाललाई स्थगन गरी वितरण नगर्नु नगराउनु, यथास्थितिमा राख्नु, राख्न लगाउनु…..” भन्ने अन्तरिम आदेश हुँदा पनि यसको उल्लंघन गरी पदक वितरण गरेको छ ।

विश्वविद्यालयको यस्तो कार्यले गर्दा मेहेनति, जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने तथा यसको असरको क्षति विश्वविद्यालयले पनि पूर्ति गर्न नसक्ने हुनाले यसमा सजग गराउँदा पनि अटेर गर्नुको कारणमा केही आर्थिक चलखेल शंका गर्ने पूर्ण आधार देखिन्छ ।

हुनत पूर्वाञ्चल विश्वविद्यालयको त्यस भन्दा अगाडिका नवौं दिक्षान्त समारोहमा शैक्षिक वर्ष २०१५–२०१७ मा एल.एल.एम.मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विनिता पाण्डेलाई नदिई सोफिया अधिकारी जसले कूल ८१% ल्याउनेलाई स्वर्ण पदक दिइएकोमा सर्वोच्च अदालत, संयुक्त इजालसका माननीय न्यायाधिश श्री दीपककुमार कार्की र मा न्या श्री टंकबहादुर मोक्तानको उत्पेषणयुक्त आदेशले २०७८ असोज १८ गतेका दिन विश्वविद्यालयले गरेको गलत कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो ।

सातौं दिक्षान्त समारोह एल.एल.एम.को शैक्षिक वर्ष २०११–१३ मा उत्कृष्ट अङ्क ७७.३८% ल्याउने सुभाष आचार्य र ७६.५०% ल्याउने पूजा खत्री बिचमा चलेको बिवादमा उच्चतम अंक ल्याउने सुवास आचार्यलाई नै स्वर्ण पदक दिएको उचित ठहराउने गरी सर्वोच्च अदालतका मा न्या. श्री गोपाल पराजुली र मा न्या श्री ओम प्रकास मिश्रको संयुक्त इजलासबाट फैसला भएको थियो ।

त्यस्तै गरी महेन्द्र प्रसाद पौडेल विरुद्ध पूर्वान्चल विश्व विद्यालय भएको मुद्दामा सर्वोच्च अदालत, मा. न्या इश्वर प्रसाद खतिवडा र मा न्या श्री टंक बहादुर मोक्तानको संयुक्त इजालसको मिति २०७७ माघ ८ गते भएको फैसलाबाट “…..म्ष्ककभचतबतष्यल बुझाउने र ख्ष्खब ख्यअभ दिने कार्य हुनु दुई फरक कुरा हुन, ….यस अवस्थामा केवल भाइभा लिएको मितिलाई आधार मानेर नियमित विद्यार्थी नमानीएको र पदक प्रदान गर्न इन्कार गरिएको कार्यलाई मनासिव ठान्न मिलने भनी प्रत्यार्थीहरुको उल्लेखीत कार्यबाट विश्व विद्यालयको एक जेहेन्दार विद्यार्थीले नियम बमोजिम प्राप्त गर्ने पदकबाट बन्चित हुनु परेको, निजको वैध अपेक्षामा अनुचित असर परेको र परिणमतः निवेदकको समानता तथा शैक्षिक उपाधि हासिल गर्ने निजको हकमा प्रतिकुल असर पर्न गएको देखिन आयो ….” भनी सिद्धान्त स्थिापित भइसकेको देखिन्छ ।

एउटा जेहेन्दार, मिहेनेती, लगनशिल र इमान्दार विद्यार्थीले जहिले पनि सवै भन्दा उत्कृष्ट हुनको लागी उसले सवैले भन्दा धेरै अंक ल्याउनै पर्दछ र ल्याउदा यही ल्याउनको लागी सवै इच्छाहरु त्याग गरी पढेको हुन्छ र म सवै भन्दा अब्बल छु भनेर देखाउन हर प्रयास गर्दछ र ठूलो मान्छे बन्ने सपना देखेका हुन्छ तर नेपालको एउटा यस्तो विश्वविद्यालय छ जसमा जेहेन्दार विद्यार्थीको भन्दा पैसावाल र शक्तिवाल विद्यार्थीको खोजी गरी सवैको अगाडी आफैले आफैलाई ढाँटी निच्च नक्कली हाँसो हाँसी पैसा तथा पहुँचवालाई हाँस्न लगाई पदक बाँड्ने परम्परा सदियौ देखी भइरहेको छ । यसमा सम्मानीय सर्वोच्च अदालतले कयौ पटक यस्तो काम नगर्नु नगाराउनु भन्ने आदेश तथा फैसला गरेतापनि अदालतको आदेशको समेत पालना गरी यस्तो गल्ति पटक पटक गरीरहेको छ । कति दिनसम्म सक्कली स्वर्णपदक धारी अदालत धाउने ।