१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित



अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । 

आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उहाँलाई  राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।  

निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिननका साथै  निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आज एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई सदस्यबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो । 

इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएकोे थियो । नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेशसभा सभामुखसक्षम राजीनामा दिनुभएका उहाँले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको थियो । 

विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।