९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौता अनुमोदनलाई एमसीसीद्वारा स्वीकार



अ+ अ-

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको सङ्घीय संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ । एमसीसीले वासिङ्टन डिसीबाट मङ्गलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको सम्झौतालाई यही फागुन १५ गते अनुमोदन गर्ने नेपालको सङ्घीय संसद्को निर्णयलाई स्वीकार गरेको जनाएको छ ।

नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी नेपाल सरकारले सन् २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो। विज्ञप्तिमा नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रको रूपमा सँधै राखेको उल्लेख छ। कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउने छ भन्दै एमसीसीले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताएको छ।

“यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो । यी ७५ वर्षमा नेपालले नेपालले ऐतिहासिक र अविश्वसनीय परिवर्तन देखेको छ”, विज्ञप्तिमा भनिएको छ । एमसीसी र अमेरिकी जनता यी परिवर्तनमा नेपालको साथमा उभिएको र नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रममा सहयोग गरेको उल्लेख गरिएको छ । नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौताभन्दा फराकिलो छ भन्दै एमसीसीले भनेको छ, “हामी नेपालको लोकतान्त्रिक मूल्य मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तरता दिनेछौँ ।”

विज्ञप्तिमा आफ्नो स्थापनाको करिब २० वर्षमा एमसीसी कम्प्याक्टले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकहरूमा लगानी र सुशासनका लागि प्रतिबद्ध विकासशील देशहरूसँग साझेदारी गरेर विश्वभर गरिबी निवारण गर्न मद्दत गरेको उल्लेख छ ।