३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पञ्जाब र मुम्बई भिड्दै



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ अन्तर्गत मुम्बई इन्डियन्सको पाँचौं भिडन्त आज पञ्जाब किंग्ससँग हुँदैछ । यस खेलमा मुम्बईको टोली पहिलो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ । यता, पञ्जाब तेस्रो जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान बलियो बनाउन चाहन्छ ।

यस सिजनको पहिलो खेलमा मुम्बई दिल्लीसँग पराजित भएको थियो । यसपछि राजस्थान, कोलकाता र बैंगलोरसँग पनि टोलीले हार ब्यहोर्यो । पञ्जाबले पहिलो खेलमा बैंगलोरलाई हराएको थियो भने दोस्रो खेलमा कोलकातासँग पराजित भएको थियो ।

तेस्रो खेलमा चेन्नईलाई हराएको थियो भने चौथो खेलमा गुजरातसँग पराजित भएको थियो ।

पुणेमा हुने यस खेलमा मुम्बईका लागि सूर्यकुमार यादव सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् । उनले पछिल्ला दुई खेलमा लगातार राम्रो इनिङ्स खेल्दै आएपनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेका छैनन् । अर्कोतर्फ, पञ्जाबको टिम उत्कृष्ट खेलाडीहरुले भरिपूर्ण छ ।

मुम्बई सम्भावित – ११
रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव, तिलक वर्मा, किरोन पोलार्ड, टिमल मिल्स, मुरुगन अश्विन, जयदेव उनाडकट, जसप्रित बुमराह, बासिल थाम्पी ।

पञ्जाब सम्भावित – ११
मयंक अग्रवाल (कप्तान), शिखर धवन, लियाम लिभिङस्टोन, जोनी बेयरस्टो (विकेटकीपर), जितेश शर्मा, शाहरुख खान, ओडियन स्मिथ, कागिसो रबाडा, राहुल चाहर, वैभव अरोरा, अर्शदीप सिंह ।

खेल समयः ७ः४५ बजे, पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम