५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम छ’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताउनु भयो । उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताउनु भयो ।

उहाँले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरु पनि कालो सूचि (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताउनु भयो । उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताउनु भयो ।

उपमहासचिव पौडेलले भन्नुभयो, ‘पैसा बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा जो ऋण तिर्न नसकेको मानिसहरु छन्, त्यो सबै ऋणलाई रिक्पाइलाइज गरिदिने हो भने, बैंकको खातामा पनि हिसाव आउँछ । उद्योगीहरु पनि ब्ल्याकलिस्टमा पर्दैनन् । काम गर्न पाउँछन्, जसले गर्दा व्यवसाय सुचारु हुन्छ । तत्काल गर्न सकिने भनेको सबै उद्योग, व्यवसायीहरुको ऋण, जसले तिर्न नसकेको छ, उनीहरुलाई पुनः पूँजीकरणको सुविधा दिने काम गर्न सकिन्छ ।

अर्को भनेको सरकारले विदेशमा भएका सबै नेपालीलाई सानो अह्वान गरेमा आफूले आजसम्म खाएको तलव डलरमा छिटो देशमा पठाउनुस् भन्ने हो भने त्यसबाट पर्याप्त पैसा आउँछ । अहिले पनि साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ । भनेजस्तो कडा शंकट छैन । विदेशमा आफन्त भएकाहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको शंकट हट्छ ।’

उपमहासचिव पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताउनु भयो ।