८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

गठबन्धनमा सिट बाँडफाँट अघिल्लो निर्वाचनको हैसियतअनुसार हुन्छ– अध्यक्ष नेपाल

गठबन्धनमा सिट बाँडफाँट अघिल्लो निर्वाचनको हैसियतअनुसार हुन्छ– अध्यक्ष नेपाल
file photo
अ+ अ-

पर्वत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा गठबन्धन दलबीच सिट बाँडफाँट गरिने बताउनुभएको छ ।

पर्वतको कुश्मामा समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुविधा नभएको बताउनुभयो ।

उहाँले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताउनुभयो । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताउनुभयो ।

उहाँले उम्मेदवार छनोट विधि तय गर्न सत्तारुढ गठबन्धनमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गर्नुभयो ।

आगामी निर्वाचनले एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्ने पुष्टि हुने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने बताउनुभयो ।