८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता

धेरैले प्रश्न गर्दैछन्– के चुनाव हुन्छ ?

धेरैले प्रश्न गर्दैछन्– के चुनाव हुन्छ ?
अ+ अ-

काठमाडौं । वैशाख ३० मा करिब ३६ सय जनप्रतिनिधि चयन हुदैछन् । ती सबै तलबी हुन् । उनीहरुको तलबकै लागि मात्र आधा अर्बभन्दा बढी रकम महिनामै खर्च हुन्छ । त्यो भन्दा पनि अघि यहाँ कुरो चुनाव खर्चको छ । ३० अर्बभन्दा बढी त चुनावी खर्च निस्किएको छ । यो खर्चमा मुलुकले स्थानीय तहका तलबी जनप्रतिनिधि चयन गर्दैछ । तर अहिले मुलुकको अर्थतन्त्र धर्मराएको छ । अवस्था छ । सबै मानिस मुलुक श्रीलंका हुने त होइन भन्ने त्रासमा छन् ।

सरकारले मुलुकलाई श्रीलंका बनाउने कार्यको श्रीगणेश गरेको छ भन्दा पनि हुन्छ । किनभने नेपालको इतिहासमा कहिल्यै नभएको काम वर्तमान सरकारले गभर्नरलाई बर्खास्तगीको काम थालिसकेको छ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक परिसूचकहरुको अध्ययन गरेर नै निर्यात आयातका काममा केही कडाइ थालेको थियो ।

विलासिताका सामानहरु गाडी लगायतको आयातमा रोक लगाएको थियो । तर सरकारलाई मुलुकको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकका सुझावहरु पचेनन् । र गर्भनरलाई नै हुत्याउने काम थाल्यो । केपी ओलीले पनि अघिल्लो देउवा सरकारले गरेका सबै नियुक्तिहरु खारेज गर्दा पनि गभर्नर चिरञ्जीवी नेपाललाई छोएका थिएनन् । तर अहिलेका अर्थमन्त्री ओली सरकार भन्दा पनि अनुदार देखिए ।

के निर्वाचन हुन्छ भन्ने प्रश्न अहिले धेरैजसो मुलुकको अर्थतन्त्रका सूचकहरुसँग सम्बन्धित छ । किनभने यतिखेर देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको छ । के नेपाल श्रीलंका बन्ने बाटोमा हो भन्ने प्रश्न सँगसँगै के आगामी वैशाख ३० गतेका लागि तोकिएको चुनाव हुन्छ भन्ने प्रश्न पनि सँगसँगै आएको हो । देश आर्थिक रुपमा टाट पल्टिने दुर्घटना उन्मुख छ भने अरबौँ खर्चेर चुनाव किन गर्नुपरो भन्नेमा धेरै नेपाली पुगिसकेका छन् । प्रमुख प्रतिपक्षी एमालेका विष्णु पौडेलसहितका तीन पूर्व अर्थमन्त्रीको हिजोको विज्ञप्ति हेर्दा पनि अवस्था त्यस्तै नै देखिन्छ कि मुलुकको अर्थतन्त्र ठिक बाटोमा छैन ।

सत्तारुढ दलले अहिले सम्म पनि तालमेलको मोडालिटी बनाउन सकेका छैनन् । सत्तारुढ गठबन्धन दल मिलेरै चुनावमा जाने भन्ने त भयो तर पनि कुन दलले कति सिट र कहाँकहाँबाट पाउने हो भन्ने बारेमा अझै स्पष्ट भएको छैन । ती दलका कार्यकर्ताहरु अन्योलमै छन् अझै । तर त्यसको ठिक उल्टो उता प्रमुख प्रतिपक्षी दल एमालेले भने महत्वपूर्ण ठाउँको पनि उम्मेदबारी टुंग्याइसकेको छ । यो पनि सत्तारुढ दलको एक खतरा हो । जसले चुनाव नगर्नका लागि सरकारलाई ठूलो सहयोग पुर्याउने छ ।

अर्कातर्फ निर्वाचन आयोगले मतपत्र छपाइ सुरु भयो भनेको छ तर छाप्न थालेको भने छैन ।  उसले पनि सरकारको ग्रिन सिग्नल कुरेर बसेको छ ।

अहिले स्थानीय तहमा बहुमत एमालेका जनप्रतिनिधिहरुको छ । त्यसैले पनि यो सरकार ती जनप्रतिनिधिहरु खाली गर्ने रणनीतिमा रहेको छ । जस्तो कि निर्वाचन आयोगले अहिले पदबाट राजीनामा दिएर मात्र निर्वाचनको लागि मनोनयन गर्न पाउँछ । त्यो अवस्थाका लागि आयोगले आचार संहिता निर्माण गरेको छ । प्रचण्ड निकटको एक समाचार स्रोत भन्छ– यसरी राजीनामा दिएर स्थानीय निकाय खाली गरेपछि अनि निर्वाचन नहुने कुरा बाहिर आउँछ । त्यसपछिको स्थानीय तह सत्तारुढ गठबन्धनले चलाउने रणनीति भित्रभित्रै तय भएको सुनिएको छ ।

यो निर्वाचन प्रचण्ड र माधव नेपाल चाहँदैनन् । किनभने अहिले उनीहरुको संगठन स्थानीय तहमा छैन । नेकपा एस त ग्रामीण तहसम्म अझै निर्माण नै भएको छैन । त्यसैले उनीहरु यो निर्वाचन चाहँदैनन् । कांग्रेस कुनै पनि महानगरपालिकामा माओवादी या नेकपा एसलाई नदिने पक्षमा नरहेको कुरा दाहाल नेपालले पनि राम्रैसँग बुझेका छन् । यो खतरा टार्न पनि उनीहरु अहिले नै स्थानीय चुनाव गर्न चाहँदैनन् । त्यो भन्दा पनि अघि संसदको निर्वाचन गर्न सक्यो भने यी दुई दलका्् एउटा स्टाटस बन्छ । किनभने संसदका लागि त कांग्रेससँग यति सिट भनेर लिन पाइन्छ । त्यसैले पार्टीको त्यो हैसियत निर्माण गरेर अनिमात्र स्थानीय तहको निर्वाचनमा जान पाए हुन्थ्यो भन्नेमा छन् यी दुई दल ।

यो तर्कसँग कांग्रेस पनि सहमत छ । किनभने कांग्रेसलाई सबैभन्दा पहिले संसदीय निर्वाचन चाहिएको छ । कम्युनिष्टहरु फुटेको अहिलेको अवस्थामा संसदको चुनावमा जान पाए कांग्रेसको बहुमत आउँथ्यो र पाँच वर्ष ढुक्क हुन्थ्यो भन्नेमा कांग्रेस पार्टी छ । अर्काे कुरा अहिले नै कांग्रेसले तालमेलको झमेला पनि मिलाउन सकेको छैन र लाग्छ कांग्रेसले माओवादीलाई भोट दिएनन् भने आउने परिणामबाट माओवादी विच्किएर अर्काे अर्थात् संसदको चुनावमा एमालेसँग मिल्न जालान् भन्ने त्रास कांग्रेसलाई छ । र त्यो नहोला भन्न पनि किन सकिँदैन भने कांग्रेस भित्र पनि कोइराला पक्षका नेता कार्यकर्ता माओवादीलाई बोक्नु हुन्न भन्ने पक्षमा छन् । त्यसैले त्यो धारले त्यो परिणाम नदेला पनि भन्न सकिँदैन ।

माओवादीले फेरि पछिल्लो समयमा विप्लबको पार्टीलाई अघि सारिरहेको छ । सो पार्टीले पनि चुनावमा भाग लिन खोज्दैछ । तर निर्वाचन आयोगले दल दर्ताको समय सकिएको जनाएको छ । यता उनीहरु हामी पनि निर्वाचनमा जान पाउनुपर्छ भनिरहेका छन् ।

यसै विषयमा माओवादीले पनि मधुरो स्वरमा उनीहरुलाई पनि चुनावमा लैजानुपर्छ भनिरहेका छन् । त्यसैले चुनाव रोक्ने धेरै निहुँहरुमध्येको यो पनि एक नहोला भन्न सकिँदैन । यिनै विविध कारणहरुबाट यतिखेर आम नेपालीले प्रश्न गर्दैछन्– के चुनाव हुन्छ ?