२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनका नेताहरुले संयुक्त अपिल जारी गर्ने



अ+ अ-

सत्तारुढ पाँच दलीय गठबन्धनको तयारी र अनुगमन समितिको आइतबारको बैठकले गठबन्धनबीच तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरेको छ ।

समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिको बैठकले तीन बुँदे निर्णय गर्दै आइतबार साँझ सो जानकारी दिएको हो ।

समितिका सचिव अधिवक्ता केशवराज जोशीकाअनुसार निर्णयलाई शीर्ष नेतृत्व समक्ष प्रस्तुत गरिने छ । बैठकका मुख्य तीन निर्णयमध्ये पहिलो नम्बरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरिने उल्लेख छ ।

यसैगरी, प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति केन्द्रमा पठाउने तथा गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तहको निर्वाचन एवम् समसामयिक विषयमा छलफल गरी संयुक्त अपील जारी गर्ने निर्णय बैठकले गरेको छ ।

शीर्ष नेताहरूको बैठक सोमबार पुनः बस्न सक्ने सम्भावना रहेको बताइएको छ ।




भर्खरै