२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल क्रिस्टल प्यालेससँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पराजय बेहोरेको छ । सोमबार मध्यरातमा भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० गोलले पराजित भएको हो ।

खेलको १६ औं मिनेटमा जिन फिलिप मेटेटाले गोल गर्दै घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा जोर्डन अइयुले गोल गर्दै प्यालेसको अग्रता दोब्बर पारे । यस्तै, दोस्रो हाफको ७४ औं मिनेटमा विल्फ्रेड जाहाले पेनाल्टीमार्फत गोल गर्दै प्यालेसलाई ३–० को जित दिलाए ।

पराजित आर्सनलले अंकतालिकाको चौंथो स्थानमा उक्लने अवसर गुमायो । २९ खेल खेलेको आर्सनल ५४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

यस्तै, ३० खेलबाट ३७ अंक जोडेको क्रिस्टल प्यालेस नवौं स्थानमा रहेको छ ।