५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको घोषणापत्र तयारी समिति, आरजु राणा,डा जुगल भुर्तेल, डा इन्द्रा अधिकारी लगायत २८ सदस्य



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गर्नुभएको छ ।

उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनित गर्नुभएको हो ।

समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित हुनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी समितिको सदस्यमा भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनित हुनुभएको छ ।




भर्खरै