५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनुपर्नेमा राष्ट्रपतिको जोड
अ+ अ-

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा आज नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उहाँले भूकम्पले क्षति गरेका चार विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । भूकम्प, बाढी, कोरोनाबीच पनि विद्यालय भवन निमार्ण सम्पन्न गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

विद्यालय भवनसँगै अब पढाइ पनि गुणस्तरीय बनाउनपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विश्वमा जलवायु परिवर्तनले सङ्कटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिमशृृङ्खला तथा अग्ला पहाडमा देखा पर्न थालेको बताउनुभयो । जलवायु परिवर्तनका कारण पहाडमा हिउँ नपर्ने, हिमताल फुट्ने, अप्रत्याशित बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिहरु निम्तिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै जलवायु अनुकूलन योजना बनाई त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताउनुभयो । सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले राजनीति फरक पाटो भएकाले विकासका काममा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनि अनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राख्नुभयो । एसियाली विकास बैंक ९एडीबी० को रु २४ करोड सहयोगमा बनेको विद्यालयमा दुई हजार विद्यार्थी पु¥याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय एक कोसेढुङ्गा भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेशभित्र बृहत् विद्यालयका रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली मावि प्रदेशभित्रकै दोस्रो सामुदायिक विद्यालय भएको छ । अहिले विद्यालयको सुविधा सम्पन्न पाँच वटा भवन निमार्ण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले चार वटा विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको हो ।

प्राकृतिक रूपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ल्याब, क्यान्टिन, होस्टलको व्यवस्था, बालमैत्री संरचना, स्कुल बसको व्यवस्था रहेको छ । गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे विद्यालय भवन निर्माण भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पु¥याउने उद्देश्य रहेको लामाको भनाइ छ । ग्रामीण भेगमा शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम ‘मेरो पाँचपोखरी’ तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।