१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोकियो लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार ?



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि मन्त्रिमण्डल विस्तार रोकिएको हो । 

माओवादी केन्द्रको संसदीय दलको बैठकले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर दिउँसो तीन बजे शपथ गराउने गरी तयारी थालेको थियो । 

माओवादी तर्फका मन्त्रीको टुंगो लागे पनि कांग्रेसले पाएको चारमध्ये तीन जनाको नाम टुंगो लगाउन नसकेको हो ।