२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशः माइतीघरबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउनु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै  खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आएका टोली माइतीघरमा धर्नामा बसेको थियो । सोही टोलीको सदस्य रुवी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो ।