१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोतिपुरमा भएको झडपमा तीन जनाको मृत्यु



अ+ अ-

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो । 

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले भने, ‘हाम्रो अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते आएका थिए । तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । अस्पताल आएकामध्ये एक जना गम्भीर घाइते छन् । अन्यको उपचार हुँदैछ ।’

यता प्रहरी प्रशासनले भने घटना मृत्युको पुष्टि गरेको छैन ।