बुटवल । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो।
मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु ५० जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेका हुन्।
मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको उनले बताए। औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो।
हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ।
अहिले स्थिति सामान्य रहे पनि हटाइएका व्यक्तिहरू पुनस् आउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।