काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप बढेको छ । कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा उपत्यका छोड्नेको संख्यामा कमि आएको छ ।
दसैँको टीकाको दिन नजिकिँदै जाँदा काठमाडौं छाड्नेहरूको संख्या असोज ६ लाख ५ हजार पुगेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायत क्षेत्रमा घर फर्किनेहरूको सोमबार बिहानैदेखि ठूलो भिड लागेको छ ।
शिक्षा, रोजगारी तथा व्यावसायिक कामले घरबाहिर रहेकाहरू दसैँमा आफ्नो गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भिड बढेको हो ।