१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

घान्द्रुक जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो



अ+ अ-

पोखरा । पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाडौंबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् ।

दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । 

पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना यात्रु सवार थिए ।

अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । 

घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याइरहेको बताइएको छ । 

यो पनिः  घान्द्रुकमा जिप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु