१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा आँधीका कारण ९ जानाको मृत्यु, ११ बेपत्ता



अ+ अ-

एजेन्सी । फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन्।  

एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ  जसका कारण सडक र पुलहरू नराम्रोसँग  प्रभावित भएका छन्। आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।

फिलिपिन्स वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाए अनुसार स्थानीय समय बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागमा कागायन प्रान्तको ३१५ किलोमिटर पश्चिममा देखिएको थियो।

स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टा चलिरहेको  गतिमा थियो।   साथै यसैबीच उत्तरी फिलिपिन्समा भारीका कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी दिइएको छ। 

आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ  र यसले सयौंको ज्यान लिइरहेको छ भने अर्बौं डलरको नोक्सान पुर्याहएको छ।