१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरेलः १५ सय वर्ष पुरानो विशाल र प्राचीन मदिरा बनाउने उद्योग पत्ता लाग्यो



अ+ अ-

एजेन्सी । एउटा १५ सय वर्ष पुरानो वाइन (एक प्रकारको मदिरा) बनाउने स्थल इजरेलमा फेला परेको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

उक्त कम्पनी त्यसबेला संसारकै सबभन्दा ठूलोमा गनिन्थ्यो।

तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा बाइजनटाइन समयको विशाल वाइनरी पत्ता लागेको हो ।

त्यसले वर्षमा बीस लाख लिटर वाइन उत्पादन गर्ने गरेको अनुमान छ।

जटिल उत्पादन प्रक्रियापछि भूमध्यसागरीय क्षेत्र वरपर त्यो वाइन निर्यात गर्ने गरिन्थ्यो।

उत्खननमा काम गरेका मानिसहरूले त्यहाँको कम्पनीको आकार देखेर आफूहरू छक्क परेको बताए।

त्यो क्षेत्रमा पर्यटकका लागि आकर्षक स्थान हुने गरी संरक्षणको काम गरिने योजना छ।

त्यहाँ एक वर्ग किलोमिटर क्षेत्रमा पाँचवटा वाइन बनाउने मशिन थिए।

वाइनलाई लामो समय राखेर बजारमा पठाउन तयार बनाउन र बोतलमा भर्ने स्थानहरू थिए।

र भण्डारणका लागि प्रयोग गरिने जार पोल्ने भट्टीहरू पनि थिए।

उक्त उत्पादनको नाम गाजा एशकेलन वाइन थियो। उक्त वाइन युरोप उत्तर अफ्रिका र एशियामा पनि निर्यात हुन्थ्यो।

त्यस बेला गुणस्तरका लागि पनि त्यो वाइन प्रख्यात थियो। अनि कैयौँका लागि बिहान बेलुकाको अत्यावश्यक वस्तु थियो।

उत्खननमा सहभागी एक निर्देशक जन सेलिगमनले भने, 'यो त्यस बेला पोषणको प्रमुख स्रोत थियो किनभने त्यस बेला पानी त धेरैजसो प्रदूषित थियो।' बीबीसी