२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु बस दुर्घटना अपडेट: २६ जनाको मृत्यु, दर्जनौं घाइते



अ+ अ-

मुगु । मुगुमा बस दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मुगु बस दुर्घटनाः २२ जनाको मृत्यु, दर्जनौं घाइते

‘बस क्षतविक्षप्त अवस्थामा रहेको उहाँले  बताउनु भयो ।  मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा ३९ जना सवार थिए। घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लैजाने काम भइरहेको बताइएको छ ।  अहिले घाइतेको उद्दार भइरहेको छ भने हेलिकप्टर बोलाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।