काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । बर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ राजीनामा दिने र त्यस पछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
मुख्यमन्त्री शाहीको सरकारलाई विश्वासको मत दिने समयमा कांग्रेस संग सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो । २०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भए पछि शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाउनु भएको थियो । त्यतिवेला तीन दलबीच मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको थियो ।