१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ एकता र भ्रातृत्व विकासको अवसर: मुख्यमन्त्री शाही



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताउनुभएको छ ।

विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको  नेपाली समाजमा दसैँलगायतक चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भन्नुभयो ।  

परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको  मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।