१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी



अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८ः १९ बजे असोज २१ गते घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ ।

देवी बिजर्सजनका लागि बिहान ८ः १९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसै साइतमा हनुमानढोका दरबार दशैँ घरमा देवी बिसर्जन गरिएको छ । यसैगरी घर घरका पूजा कोठा एवं दशैँ घरमा पनि देवी बिसर्जन गरिएको छ ।
 
विजयादशमीका दिन आज देवी बिसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।