१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलको उपाधि फेरि चेन्नाईले जित्यो



अ+ अ-

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।

दुबईमा शनिबार सम्पन्न फाइनल खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा तीन विकेट गुमाएर १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । चेन्नाईका लागि प्रारम्भिक ब्याट्सम्यान फाफ डु प्लेसिसले व्यक्तिगत ८६ रन बनाएका थिए । उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।

यस्तै चेन्नाईका लागि रुतुराज गाइकवाडले ३२, रोबिन उथप्पाले ३१ र मोइन अलिले ३७ रनको योगदान गरेका थिए ।

जवाफमा १९३ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले ९ विकेट गुमाएर १६५ रन मात्र बनाउन सकेको थियो । कोलकाताका लागि ओपनरद्वय शुभमन गिलले ५१ र बेंकटेस ऐयरले ५० रन बनाएका थिए । अन्य खेलाडीले खासै रन बनाउन सकेनन् ।

आजको खेलमा चेन्नाईका रबिन्द्र जडेजाले फिल्डिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

याे जितसँगै चेन्नाइले चार पटक आइपिएलकाे उपाधि जितेकाे छ ।