१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

हेटौंडा । मकवानपुरको  हेटौँडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ ।  

गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुुुवाहक बसले  विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृत्यु हुनेमा हेटौँडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएको छ । 

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।