१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको उत्कृष्ट प्रदर्शन जारी, वाटफोर्ड ५ गोलले पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगको यस सिजनमा राम्रो सुरुआत गरेको लिभरपुलले वाटफोर्डलाई ५ – ० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलका स्टार स्टाइकर साडियो मानेले पहिलो हाफको नवौं मिनेटमै मोहम्मद सलाहले दिएको क्रसपासमा गोल गरेर टिमलाई अघि बढाएका थिए ।

त्यसपछि पनि लिभरपुलले वाटफोर्डमाथि निरन्तर दबाब सिर्जना गरेको थियो । पहिलो हाफको ३७औं मिनेटमा रोबर्टो फर्मिनोले लिभरपुलका लागि दोस्रो गोल गरे । फर्मिनोले ५२ र ९१ औं मिनेटमा पनि अरु दुई गोल गरी ह्याटिक पूरा गरेका थिए ।

लिभरपुलका लागि मोहम्मद सलाहले ५४औं मिनेटमा एक गोल गरे ।

यस खेलमा १९ पटक लिभरपुलले वाटफोर्डको पोस्टमा प्रहार गरेको थियो । खेलमा ७७ प्रतिशत बल लिभरपुलले नियन्त्रणमा राखेर वाटफोर्टमाथि दबाब बनाएको थियो ।
यो जितसँगै ८ खेलबाट लिभरपुलले १८ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ ।

आजै म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लेस्टर सिटीका खेलहरु रहेका छन् ।