१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप: नेपाल र भारत बीच खेल सुरु



अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल  सुरु भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा सुरु भएको  फाइनलमा खेलमा दुबै देश उपाधी जित्ने दाउमा रहेका छन् ।  पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो भने नेपालले दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । 

साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ ।  यता साफमा भारत सबैभन्दा सफल टिम रहेको छ । भारतले ७ पटक उपाधि आफ्नो नाममा गराइसकेको छ । लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो ।

जहाँ भारतले नेपाललाई १(० गोलले पराजित गरेको थियो । हेड टु हेडको कुरा गर्दा भारत नेपालविरुद्ध पुर्णरुपमा हाबी छ । यी दुई टिमबीच २२ पटक खेल भएको छ । जसमा भारतले १५ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।यता भारतविरुद्ध नेपालका फरवार्ड अन्जन विष्टले यसअघिका खेलहरुमा दुई पहेलो कार्ड खाएको कारण फाइनल खेल गुमाउने छन् ।