१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ । 

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा नं. ४, नयाँबजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।


 
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीरल्त्ऋ को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।