१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले पाकेको धान बाली नष्ट



अ+ अ-

म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो रु”, जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।  पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिनुभयो ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसँैका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताउनुभयो । “सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो”, बेनी –१ को अर्जमबाट देवी थापाले भन्नुभयो, “गाडी चल्न सक्ने अवस्था नै छैन ।” रासस