१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले महाधिवेशन: वडा र स्थानीय तहमा रहेको पदाधिकारीको संख्या तय



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेको आगामी कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडामा अधिवेशन हुदैछ । यसै गरी कात्तिक ९ गते ७५३ स्थानीय तहमा पनि अधिवेशन हुँदैछ । 

ललितपुरको गोदाबरीमा रहेको सुर्योदय सम्मेलन केन्द्रका तीन दिनसम्म भएको विधान अधिवेशनले पारित गरेको सागठनिक संरचनाको पारित प्रस्ताव अनुसार वडा र स्थानीय तह मा चुनिने पदाधिकारी तथा सदस्यहरुको टुङ्गो लागेको छ  ।

नयाँ संरचना अनुसार  वडा र स्थानीय तहका पदाधिकारी ५ जना रहने र जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपसचिव निर्वाचित हुनेछन् । त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको बढीमा  ३१ सदस्यीय रहने छन् भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने व्यवस्था बिधानमा गरिएको छ ।

यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुने  व्यवस्था  बिधानले गरेको भने उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने छ  I

पदाधिकारी

     अध्यक्ष -१, उपाध्यक्ष-१, सचिव- १ र उपसचिव -२ 

वडा कमिटीमा निर्धारित सदस्य संख्या –

     गाउँपालिका/नगरपालिका-३१

     उपमहानगरपालिका-४१

     महानगरपालिका -५१

पालिका कमिटीकाे निर्धारित सदस्य संख्या-

    गाउँ/ नगरपालिका – ७५

    उपमहानगरपालिका – ८५

    महानगरपालिका – १०१

विधान सम्मेलनमा पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले पार्टीको संगठनात्मक संरचनाको नयाँ स्वरुप बारेको प्रस्ताव पेश गर्नुभएको थियो ।

एमालेले प्रविधिको प्रयोग गर्दै वडा र स्थानीय तहका अधिकतम अधिवेशन स्थललाई जुममा जोडेर अध्यक्ष केपी ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी गरेको छ ।