१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने सरकारको निर्णय (भिडियो सहित)



अ+ अ-

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्गाेमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने निर्णय गरेको पनि बताउनभयो । त्यस्तै मन्त्रीपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री शेरुबहादुर देउवाको नेतृत्वमा ग्लास्गाेमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने, मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने, साफ च्याम्पियनसीप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबलका खेलाडीहरु प्रति खेलाडी ५ लाख रुपैयाँ र प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने, अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररिय परामर्श बैठकमा सहभागी हुन माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्धी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।’

सरकारका प्रवक्ता कार्कीका अनुसार मन्त्रीपरिषद्को बैठकले लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।