१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकले ल्यायोे ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’, बचत खातामा मुद्दतिको प्रतिफल



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । 

बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ वर्षदेखि ५ वर्षसम्मको रहनेछ भने मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ । 

यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरुले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । 
बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।