काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला रु तिन सयले बढेको हो ।
बुधबार ९१ हजार ४०० कायम भएको छापावाल सुन आज भने प्रतितोला रु तिन सयले बढेर ९१ हजार ७०० कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ जुन बुधबार प्रतितोला प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ मा कारोबार भएको थियो ।