१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु



अ+ अ-

वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा आज बिहान ३ः३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । 

ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले झण्डै सात घण्टापछि सडक पूर्णरुपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस