२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो ।
    
यसरी तीन स्थानीय तहमा ११ जनाको कच्ची, खपटाले छाएको र बाँसको टाटी (घेराबेरा) लागेको घर भत्किँदा घरसहित भित्र रहेका अन्नपात, भाँडाकुडा र अन्य वस्तुसमेत क्षति भएका उहाँको भनाइ थियो। रासस