१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामलिङ्ग कम्पनीको आइपिओ खुल्यो



अ+ अ-

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये छ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ भने २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

शेयर भर्न चाहने व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओलाईे इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त सेयरमा सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा १८ कात्तिक सम्म आवेदन मिति बढ्ने कम्पनीले जनाएको छ ।