२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । राष्ट्रपति कार्यालयले  बिहिबार एक बिज्ञप्ति जारी गर्दे प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको  हो ।

बिज्ञप्तिमा राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गर्नुभएको छ । उहाँले  भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह समेत गर्नुभएको छ ।  

राष्ट्रपति भण्डारीले हालै अविरल बर्षाका कारण मुलुकका बिभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठुलो क्षतिप्रति गहिरो दुःख समेत व्यक्त गर्नुभएको छ ।  विज्ञप्ती मार्फत राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘विपदको यस दुखद घडीमा प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण, बेपत्ताको खोजीकार्यमा लाग्न आग्रह गर्दछु ।’

उहाँले प्राकृतिक विपदको यो घडीमा शोक सन्तप्त पीडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै विपत्तिबाट बच्न सवैले सावधानी अपनाउन सुझाब दिनुभएको छ ।