१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा बाढीपहिराले बैतडीमा पुर्‍याएको क्षतिबारे जानकारी



अ+ अ-

बैतडी । बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले बाढीपहिराबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताउनुभयो । ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी चार जनाको ज्यान गएको थियो । यसका साथै यहाँका एक दर्जन बढी घरमा पहिराले क्षति पुर्‍याएपछि उनीहरु विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहनुभएको छ । 

प्रधानमन्त्री देउवा बैतडीपछि डडेल्धुरा जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । रासस