१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो अपडेट: मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता



अ+ अ-

काठमाडौं  । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको । अहिलेसम्म १३९ पशु चौपायको मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ । रासस