२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश टी-२० विश्वकपको सुपर-१२ मा प्रवेश



अ+ अ-

बंगलादेश आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर – १२ मा प्रवेश गरेकाे पुगेको छ ।

बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेश दोस्रो जितसहित सुपर – १२ मा पुगेको हो ।

ओमान क्रिकेट मैदानमा बंगलादेशले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९.३ ओभरमा ९७ रनमा समेटिएको थियो । यो जितसँगै बंगलादेशले सुपर – १२ को स्थान सुरक्षित गरेको हो ।

पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए ।

पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीन र ताक्सिन अहमेदले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान महमुदउल्लाहले ५० रन बनाएका थिए भने शकिब अल हसनले ४६ तथा  लिटोन दासले २९ रन बनाएका थिए ।