१५ असार २०८३, सोमबार
,
Latest
असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु



अ+ अ-

संखुवासभा । मकालु बेश क्याम्प घुम्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेका छन् । 

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायी समेत रहेको बताइएको छ । 

मकालु गाउँपालिका–२ याङ्लेखर्कमा पुगेपछि घिमिरेलाई स्वास्थ्य समस्या देखिको थियो । स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए।